साउनको पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने

१ बर्ष अगाडि

काठमाडौं -  नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी बर्ष २०७९/०८० को मौद्रिक नीति साउनको पहिले हप्ता ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपाल राष्ट्र बैक पोखराले आयोजना गरेकोे बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम बारे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले सो जानकारी दिएका हुन ।

गभर्नर अधिकारीले सो बाहेक मौद्रिक नीतिको सन्दर्भका अन्य केहि बताएनन् । उक्त कार्यक्रम पश्चात आजै साझ ४ बजे गभर्नर अधिकारी सहित बैकका सिइओहरुसँग भेटघाट कार्यक्रम रहेको छ । 

सो कार्यक्रममा आगामी मौद्रिक नीतिका सन्दर्भ समेत छलफल हुने बताइएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया