लोकप्रिय ब्रेजा नेपालमा ल्याउने तयारी, मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - भारतमा हालै सुजुकी भिटारा ब्रेजा नयाँ भर्सनमा सार्वजनिक भएसँगै नेपालमा पनि सिजी होल्डीङ्सले नाडा अटोसो अघि ल्याउने तयारी गरेको छ । पहिलेको पराना भर्सनलाई इन्टेरियर र एक्सटेयिर दुबै तर्फ परिवर्तन गरेर भारतमा यो गाडी सार्वजनिक गरिएको हो ।

ब्रेजामा १.५ लिटर पेट्रोल इन्जिन दिइएको छ, जसले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । यो ५–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्समा देखिएको छ । गाडीलाई सुरक्षा तर्फपनि अब्बल बनाइएको छ । सुरक्षा तर्फ ड्युअल एयरब्याग हुनेछ भने जेडएक्सआई प्लस भेरिएन्टमा ६ एयरब्याग रहेको छ । 

त्यसैगरी हिलहोल्ड असिस्ट सहित स्ट्यान्डर्ड इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम अर्थात ईएसपी समेत रहेको छ । नयाँ बडी कलर, रिडिजाइन गरिएको ग्रिल, ट्विन सी–सेप्ड डीआरएल सहितको न्यु अल–एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, न्यु ड्युअल टोन अलोय ह्विल लगाएत यो गाडीको महत्वपूर्ण फिचर हनु ।

नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ दिइएको छ भने ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरिएको छ । मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेडअप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ दिइएको छ ।

नेपालमा यो गाडी नाडा अटो सोमा भित्र्याउने कम्पनीको तयारी छ । सुजुकी ब्रेजा नयाँ भर्सनमा इन्टेरियर र एक्सटेरियर दुबैमा परिवर्तन गरिएको छ जस अनुसार भित्रि भागमा अझै प्रविधि मैत्री बनाइएको छ ।

नयाँ भर्सन सहितको यो गाडीको आकार पहिलेको जस्तै भएपनि उचाई भने ४५ एमएम बढी छ । ब्रेजा म्यानुअल र अटोमेटिक गरी ६ भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसमा एलएक्सआई, भीएक्सआई, भीएक्सआई , जेडएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्टम रहेका छन ।

भारतिय बजारमा नयाँ जेनेरेशन ब्रेजालाई कम्पनीले विभिन्न ६ भेरियन्टमा बजारमा उपलब्ध गराएको छ । अटोमेटीक गियरबक्समा भने ५ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले ब्रेजाको नयाँ गाडीको सुरुवाती मुल्य ७ लाखदेखि १३ लाखसम्म तोकेको छ ।

नेपाली बजारमा यो गाडी मूल्य ५० लाख माथिबाटै सुरु हुने अनुमान गरिएको छ । नेपालमा ब्रेजा नयाँ जेनेरेशनले फ्रोड इकोस्पोट, हुन्डाइ भेन्यु, टाटा नेक्सन, महिन्द्रा एक्युभि ३०० लगाएतका गाडीसँग प्रतिस्पर्धा गर्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया