वैदेशिक रोजगारीमा जानेलाई ठगीबाट बचाउन निर्देशन

१ बर्ष अगाडि

काठमाडौं - नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विपन्न अवस्थाका कारणले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेका युवायुवतीलाई ठगीबाट बचाउन निर्देशन दिएका छन् । 

शुक्रबार बिहान बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको निरीक्षणमा गएका मन्त्री कुँवरले कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।

बिहान सवा नौ बजे नै सचिव एक नारायण अर्याललाई लिएर विभाग पुगेका मन्त्री कुँवरले करिब आधा घण्टा कर्मचारीलाई सम्बोधन गरेका थिए । विभाग ठगी नियन्त्रणका विषयमा नै छलफल केन्द्रित रहेको मन्त्री कुँवरले बताए । 

१ बर्ष अगाडि

प्रतिक्रिया