कतारले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ९५ हजार बढि

१ बर्ष अगाडि

काठमाडौं - कतारले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि २० जना पुरुष र ३ जना महिला गरि जम्मा २३ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३४ हजार माथिदेखि १ लाख ९५ हजार बढि पाउनेछ । इच्छुक कामदारले श्रृष्टि ओभरसिज इम्प्लोईमेन्ट सर्भिसेज प्रालिको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा असार २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया