वैदेशिक रोजगारमा जाने संख्या घटाउँदै लैजाने

१ बर्ष अगाडि

काठमाडौं - नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकमा रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमाथिको दबाब घटाउन केन्द्रित हुने बताएका छन् । 

बिहीबार मन्त्रालयमा वैदेशिक रोजगार पत्रकार समाजले नवनियुक्त मन्त्री कुँवरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् ।

रोजगार, सामाजिक सुरक्षा र वैदेशिक रोजगार आफ्नो प्रमुख एजेन्डा रहेको भन्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा हाल ४५ लाख नेपाली मुलुक बाहिर रहेकोे र उक्त संख्या घटाउँदै लैजानुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । 

उनले भने, ‘वैदेशिक रोजगारले नेपाली समाजलाई फाईदा गरेकोे छ, तर यसले कति घाटा छ भन्ने पनि ध्यानमा राख्नुपर्छ, जग्गा बाझो बसेकाले सबै वस्तु आयात गरेर चलाउनुपर्ने अवस्थामा देश पुगेकाले यसलाई परिवर्तन गर्नुपर्ने छ ।’

मन्त्री कुँवरले आफू रोजेर श्रममन्त्रीको जिम्मेवारीमा नआएको भन्दै आफूले पार्टीको नीति निर्देशन अनुसार मन्त्रालयको कर्मचारी टीमसँग मिलेर काम गर्ने बताए । 

ठगीको विषयलाई कसरी कानूनको दायरामा ल्याउने भन्नेमा आफू केन्द्रित भएको भन्दै मन्त्री कुँवरले म्यानपावर कम्पनीहरू कामदार नठगिउन् भन्ने विषयमा सचेत र इमान्दार हुनुपर्ने बताए ।

१ बर्ष अगाडि

प्रतिक्रिया