खाने तेल, साग तरकारी लगायत उपभोग्य वस्तुको मूल्य वृद्धि, उपभोक्ता मारमा

१ बर्ष अगाडि

काठमाडौं - पछिल्ला महिनामा खाने तेल, साग तरकारी लगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् ।

मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ ।

दुई महिना अघिसम्म प्रतिकिलो ६० देखि ७० रुपैयाँ पर्ने गेलभेँडाको मूल्य बढेर अहिले १६० रुपैयाँ पुगेको छ । यसैगरी प्रतिकिलो भिन्डी ७०, काउली ९०, रायो १००, घिउसिमी ७०, तनेबोडी १००, नयाँ आलु ६०, पुरानो आलु ३५ रुपैयाँ पुगेको छ ।

यसैगरी प्रतिकिलो हरियो खुर्सानी १५०, लौका र फर्सी ४० देखि ५० पुगेको छ । लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन् ।

साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् । मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उपभोभक्ताहरुको भनाइ थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया