पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका पहिरो पीडितलाई त्रिपाल, म्याट्रेसलगायतका सामग्री वितरण गरिएको छ । निरन्तरको वर्षापछि गएको पहिरोले विस्थापित भएका र समस्यामा परेका परिवारलाई गाउँपालिकाले उक्त सामग्री वितरण गरेको हो ।

पहिरोले विस्थापित भएका र जोखिममा परेको मेरिङ्देन गाउँपालिकाका विभिन्न वडाका ४० परिवारलाई त्रिपाललगायतका सामग्री वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर०का अनुसार पहिरो पीडित परिवारलाई एकथान त्रिपाल र एकथान दरले म्याट्रेस प्रदान गरिएको छ ।

यस्तै, खानेपानीको पाइप १२ क्वेल (बन्डल) र ग्याविन तारजाली ५० थान वितरण गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिए । निरन्तर वर्षा भएका कारण एक साताअघि मेरिङ्देन गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा पहिरो जाँदा सयौं परिवार विस्थापित भएका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया