अवैध बसे मलेसियामा आजीवन ‘ब्ल्याक लिष्ट’

१ बर्ष अगाडि

काठमाडौं - मलेसियाले अवैधानिक हैसियतले बसी स्वदेश फर्किने प्रक्रियामा सहभागी नभएका आप्रवासीलाई आजीवन प्रवेशमा प्रतिबन्ध लगाउने जनाएको छ । मलेसियाले गत जुन ३० तारिखमा समाप्त हुने गरी गैरकानूनी आप्रवासीलाई स्वदेश फर्किन रिक्यालिब्रेसन प्रोग्राम सञ्चालन गरेकोे थियोे ।

 उक्त कार्यक्रममा सहभागी भएकाहरू हवाई तथा पानी जहाजबाट स्वदेश फर्किरहेका छन् । मलेसियाको अध्यागमन विभागका महानिर्देशक खैरूल ड्जैमी दाउदले खोजतलासका क्रममा पक्राउ पर्ने अवैधानिक हैसियतमा बसेका विदेशीलाई विभागका डिटेन्सन सेन्टरमा थुनामा राखी आजीवन मलेसिया प्रवेश नपाउने गरी ‘डिपोर्ट’ गर्ने बताएका छन् । 

मलेसियाले गत नोभेम्बरमा विदेशी कामदारलाई वैधानिक भएर काम गर्न वा जरिवाना तिरेर स्वदेश फर्किन रिक्यालिब्रेन कार्यक्रम सार्वजनिक गरेकोे थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया