सुनको मूल्य तोला ३०० रुपैंयाले बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

१ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैंयाले बढेर आज आइतबार प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैंया रहेको छ  ।

यस्तै, चाँदी मूल्य भने आज घटेको छ । शुक्रबार प्रतितोला १ हजार २१० रुपैंयामा कारोबार भएको चाँदी मूल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया