विज्ञापन बोर्डले आइतबार विज्ञापन आचारसंहिता जारी गरेको छ । लामो छलफलपछि जारी गरिएको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिताको सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सार्वजनिक गरेका हुन् ।
आचारसंहिताले सरकारी विज्ञापनमा हुँदै आएको ठूलो बेथिति र भ्रष्टाचारमा कमी हुने, होडिङ बोर्डको नाममा हुने विज्ञापनलाई व्यवस्थित गर्ने, सामाजिक सञ्जालमा जथाभावी हुने विज्ञापन नियन्त्रण हुने, बहुर्राष्ट्रिय कम्पनीहरुले विज्ञापनका नाममा गर्दै आएको बेथिति कम हुनुका साथै उनीहरुले निश्चित रकम विज्ञापनमा खर्च गर्नै पर्ने, विज्ञापनदातादेखि विज्ञापन एजेन्सीले विज्ञापनको रकम भुक्तानी गर्न ढिलाई गर्न नपाउने, मिडियाहरुले पनि पाठक तथा दर्शकको आधारमा विज्ञापनको दर कायम गर्नुपर्ने र सोही दरमा नघटी विज्ञापन गर्नुपर्ने जस्ता व्यवस्था गरेको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बताए ।
उनले विज्ञापन क्षेत्रको धेरै समस्या विज्ञापनको राष्ट्रिय नीति जारी भएपछि हुने भन्दै नीतिले विज्ञापन बजारलाई विस्तार गर्न पनि सहयोग पुग्ने बताए । हुमागाईंले विज्ञापन क्षेत्रमा देखिएका सबै खालका विकृति, विसंगतिहरुको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवारी बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताए । उनले भने, ‘विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्ने, विज्ञापन व्यवसायमा आवद्ध सबैलाई जिम्मेवार बनाउने महत्वपूर्ण पक्ष सो आचारसंहिताको महत्वपूर्ण पक्ष हो ।’ आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने काम पनि गरिने हुमागाईंले बताए ।
सञ्चारमन्त्री कार्कीले आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान सुझाव दिए । विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने बताए ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।