निक्षेपमा वृद्धि देखिन थाल्यो, तरलता सहज हुँदै गएको संकेत

१ बर्ष अगाडि

काठमाडौं - असार महिनामा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको छ । असार १६ गते र असार १७ गतेको बीचमा १५ अर्ब निक्षेप वृद्धि भएको छ ।  

जसमा वाणिज्य बैंकमा मात्र १४ अर्बले एकै दिन निक्षेप वृद्धि भएको छ । निक्षेप वृद्धि हुँदा र कर्जा प्रवाह घटेको अवस्थामा वाणिज्य बैंकहरुको सिडी रेसियो पनि धेरै पछि ८९ प्रतिशत भन्दा तल आएको छ । 

असार १६ गते ८९.०८ रहेको सिडी रेसियो असार १७ गते ८८.८१ प्रतिशत पुगेको छ । यो सँगै  प्रणालीमा तरलता केही सहज हुँदै गएको संकेत मिलेको छ ।

राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशत मुनी सीडी रेसियो ल्याउनु पर्ने निर्देशन दिएसँगै बैंकहरु कर्जा प्रवाहमा सुस्त र निक्षेप केन्द्रित कारोवार गर्दै आएका छन् ।

असार १७ गतेसम्म प्रणालीमा ५० खर्ब २० अर्ब निक्षेप रहेकोमा वाणिज्य बैंकमा मात्र ४४ खर्ब ३२ अर्ब निक्षेप पुगेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया