सोनापुर मिनरल्स एन्ड आयलले साउन १५ गते बोलायो साधारण सभा

१ बर्ष अगाडि

काठमाडौं - सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार १५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन १५ गते आयोजना गर्ने निर्णय गरेको हो । 

सभा काठमाडौंको बत्तीसपुतलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो ४ बजेबाट हुनेछ । सभाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । यसका लागि कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । यसका लागि नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया