दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिंग ४४.४ प्रतिशतमा झर्यो

१ बर्ष अगाडि

एजेन्सी - दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योलको अनुमोदन रेटिङ हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले गत हप्ता ४४.४ प्रतिशतमा झरेको सोमबारको साप्ताहिक सर्वेक्षणले देखाएको छ ।

स्थानीय पोलस्टर रियलमिटरका अनुसार युनको राज्य मामिलाको आचरणमा नकारात्मक मूल्याङ्कन २.५ प्रतिशत अङ्कले बढेर ५०.२ प्रतिशत पुगेको पनि देखाइएको छ ।

सत्तारुढ कन्जरभेटिभ पिपल पावर पार्टीको समर्थन गत हप्तामा १.३ प्रतिशत बिन्दुले घटेर ४३.५ प्रतिशतमा पुगेको छ ।  त्यसैगरी प्रमुख उदार विपक्षी डेमोक्रेटिक पार्टीको अनुमोदन रेटिङ ०.८ प्रतिशत अङ्कले बढेर ४०.३ प्रतिशत पुगेको देखाइएको छ ।

माइनर प्रोग्रेसिभ जस्टिस पार्टीले अघिल्लो हप्ताको तुलनामा ०.२ प्रतिशत अङ्कले गत हप्ता समर्थन स्कोरको ४.४ प्रतिशत  प्राप्त गरेको थियो । गत सोमबारदेखि शुक्रबारसम्म दुई हजार ५१४ मतदाताको सर्वेक्षणमा आधारित भएर सो नतिजा आएको हो । 

१ बर्ष अगाडि

प्रतिक्रिया