सानिमा लाइफको साधारण सभा सम्मपन्न, लाभांश पारित

१ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्बको आधारमा कुल ४.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभाले कम्पनीको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४.२ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बताएको छ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक निर्बिरोध चयन गरेको छ । सर्बसाधारण समुहबाट केशबराज केसी र शिबहरि घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया