जसपाले तीन मन्त्री फिर्ता बालायो, को को बन्दैछन् नयाँ मन्त्री ?

१ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना तीन मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन सिफारिस गरको छ ।

जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादवको ठाँउमा मोहम्मद इस्तियाक राई, वनमन्त्री रामसहाय यादवको ठाउँ प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्र सिंहलाई नियुक्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सिफारिस गरको हो ।

पार्टीको सिफारिस आएपछि प्रधानमन्त्री देउवाले तीनजना मन्त्रीलाई नियुक्तिका लागि सिफारिससहित नामावली राष्ट्रपति भवन शितल निवास पठाइसकेका छन् ।

नयाँ मन्त्रीको सपथ आजै तीन बजेपछि गर्ने तयारी छ । यस अगि सत्तारुढ अर्को सानो दल नेकपा समाजवादीले पनि भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नियुक्त गरेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया