भोलिदेखि लागु हुने गरी निर्धन उत्थान लघुवित्तको मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन, अब कति ?

१ बर्ष अगाडि

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको छ ।

लघुवित्तले  असार २१ गतेदेखि लागू हुनेगरी सर्वसाधारण तर्फको मुद्दती निक्षेपमा ब्याजदर परिवर्तन गरेको हो । जसमा ३ देखि ६ महिनासम्मको लागि १२.१५ प्रतिशत ब्याजर निर्धारण गरेको छ भने ७ महिनादेखि २ वर्ष अवधिका लागि १२।५५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लघुवित्तले सो अवधिको मुद्दती निक्षेपका लागि न्यूनतम मौज्दात ५ हजार रुपैयाँ तोकेको छ । संस्थाले हाल सामान्य निक्षेपमा १२ प्रतिशत ब्याज र कर्जामा १० देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया