हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने स् महामन्त्रि बिश्व प्रकाश

१ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्रि बिश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्छ भन्ने कुरामा जोड दिएका छन् । उनले अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रम मन्तब्य राख्दै शुभकामना सहित उक्त भनाई राखेका हुन् ।

उनले मन्तब्यकै क्रममा नेपाल बाहिर र गैर आवसीय नेपालीहरुले चाहना गरेको गैर आवासीय नेपाली नागरिकता तथा मताधिकारको बारेमा चर्चा गर्दै यो कहाँ निर अल्मलिएको छ । नेपाली कांग्रेसले यस बिषयमा आफ्ना धारणा पटक पटक दिएको र वक्ताहरुले यस बिषयमा भएका पछिल्ला गतिबिधिहरुको बारेमा बताई सकेको प्रसंगलाई उनले जोड्ने जोए ।

नेपाली कांग्रेसले यस बिषयमा स्पष्ट धारणा रहेको र हामीले गैर आवासीय नेपाली नागरिकता हामी दलले दिने र नदिने भन्दा पनि नेपालको संबिधानले दिई सकेको बताए ।

मन्तब्यकै क्रममा हामी द्वय स्वयम र गगन थापाले प्रधान मन्त्रिलाई केही समय अगाडी नागरिकता र मताधिकार सम्बन्धि स्पष्ट कुरा राखी सकेको उनले बताए । यसलाई सम्बोधन गर्नु पर्छ भनेर प्रधान मन्त्रिलाई अवगत गराएका छौ ,उनले भने ।

उनले नेपालको समग्र समुन्नतिको लागि नेपाललाई गासेर कसरी जाने भन्ने बिषयमा हामीले बोली सकेका र नेपाल बाहिर रहेको नेपाली समुदायलाई जोड्नु पर्ने बताए । उनले थुप्रै बिषयमा आफ्ना कुराहरु राखेका थिए ।
 
नेपाल बाहिर रहेको भावनाको नेपाललाई कसरी नेपालसंग जोड्ने बिषयमा साझा राष्ट्रिय बिषय बन्नु पर्ने बताए । उनले पछिल्ला दुई अगाडी देश द्वन्दमा फसेको र त्यसले आर्थिक उन्नतिमा असर पारेको र नेपालको ब्यापार घाटा साथै बिद्युत बेचेर नेपालले केही आर्थिक लाभ समेत गरेको बारेमा चर्चा गरे । उनले विदेशमा बसोबास गर्ने नेपालीहरुले जलबिधयुत ,अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसा गरे । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन  शाहको बिषयमा पनि प्रवेश गर्दै राजनैतिक दलहरुले रहेका भोट बैंक सम्बन्धि अवधारणाबाट दलले सोच्नु पर्ने बताए ।

अर्थात् हाम्रा यो गाउँमा र यो क्षेत्रमा हामीसंग यति मत छन् भनेर गणना गर्न भन्दा अब यस बिषयमा धारणा परिवर्तन जरुरी भएको बताए ।

१ बर्ष अगाडि

प्रतिक्रिया