प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से, साढे ९ लाख बढीको कारोबार

१ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ९.७५ अंक घटेर २०७६.६७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९६ अंक बढेर २०७८.६३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३३ स्टकको ९ लाख ६८ हजार ७३६ रुपैयाँ ५० पैसा बराबरको १ हजार ८६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ८ स्टकको घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया