काठमाडौं, खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ।
विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्ममार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ। जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ।
प्रिमियम तिर्नका लागि प्रयोगकर्ताले एलआईसी नेपालको वेबसाइट मा गई भुक्तानी विधिका रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्।
‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काले भने, ‘हाम्रो प्लेटफर्ममा एलआईसी नेपाल थप्नु हाम्रा लागि बीमा शुल्क संकलनलाई सरल र प्रभावकारी बनाउन एउटा प्रमुख उपलब्धि भएको छ, म विश्वस्त छु कि यस सहकार्यबाट प्रयोगकर्तालाई पूर्ण रुपमा फाइदा हुनेछ।’
रु. ५००० माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ।
भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता साथमा ५० हजारभन्दा बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।