अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुपर्ने अडानमा एमाले

१ बर्ष अगाडि

काठमाडौं - सत्तापक्ष विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउन तयार भएका छन् । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने समिति बनाउनुअघि नै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुपर्ने अडानमा रहेको छ ।

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउनेमा सत्तापक्ष तयार भए पनि आफूहरूको अडान शर्मा अर्थमन्त्री पदबाट हट्नुपर्ने रहेको एमालेले जनाएको छ । शर्मा अर्थमन्त्री रहिरहने हो भने आफूहरुको विरोध जारी रहेन एमाले प्रस्ट पारेको छ । 

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरुसँग सदस्यको नाम माग गरिसकेका छन् । संसद भवनमा दलका प्रमुख सचेतकहरुलाई आफ्नो कार्यकक्षमा डाकेर सभामुख सापकोटाले संसदीय समिति गठन गर्न नाम मागेका हुन् ।

प्रतिनिधिसभा सचिवालयका अनुसार समिति बनाउने गृहकार्यका कारण बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सारिएको थियो । तर बैठक अझै बस्न सकेको छैन । 

१ बर्ष अगाडि

प्रतिक्रिया