अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

१ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्मामाथि लागेका आरोपहरुको अध्ययनका लागि एघार सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।  सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको बुधबारको बैठकमा उक्त जानकारी दिएका हुन् । समितिमा ११ सांसद रहेका छन् ।

प्रतिनिधि सभा नियमावलीको २०७५ को नियम १७७ बमोजिम एक संसदिय छानबिन विशेष समिति गठन गर्न बाञ्छनीय हुने भएकाले प्रतिनिधि सभा नियमावली बमोजिम संसदिय छानबिन विशेष समिति गठन भएको जानकारी दिए ।

समितिमा एमालेका ४ सांसद, कांग्रेसका २ र माओवादी केन्द्रका २ तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक।एक सांसद सदस्य रहेका छन् ।

सभामुखका अनुसार एमालेका सांसदहरु खगराज अधिकारी, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, नेपाली कांग्रेसबाट सिताराम महतो, पुष्पा भुसाल गौतम, नेकपा माओवादी केन्द्रबाट देवप्रकाश गुरुङ, शक्ति बहादुर बस्नेत रहेका छन् । 

यस्तै एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, जनता समाजवादीका नेता सुरेन्द्र प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया