एस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ असार ३२ गते

असार ३०, २०७९ | आजको अर्थ
ajaako_artha

एस इन्सटिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्धारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ कार्यक्रम हो । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् ।  

बिहीबार काठमाण्डौंमा एक  पत्रकार सम्मेलन गर्दै यसपालीको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन् ।

सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार प्रदर्शन हुनेछ । सो नाटक दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।
एस इन्सटिट्युट अफ म्यानेजमेन्टका एशोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले  नाटकका बारेमा जानकारी गराउनुभएको थियो । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुती पनि रहेको थियो ।

नाटकको बारेमा 
नाटक एक सिक्का लोक कथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नु परेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नु परेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइयेको छ । 

बेलका भन्ने राज्यको जलपुरा भन्ने गाउँका प्रजाहरु खडेरिका कारण अन्न अभाव र पानी अभावले भोक र तिर्खाले प्रजाहरु ब्याकुल भयेको खबरले खडेरी परेको जलपुरा भन्ने ठाउँमा त्यहाँका राजा सत्यासेन स्वयं स्थलगत भम्रणमा जान्छन् र बिज्ञहरुको परामर्श पश्चात् पानी ओसार्ने युवाहरु राज्यका तर्फबाट नियुक्ति गर्ने आदेश दिन्छन । 

पानी भर्ने छनौट प्रक्रियामा धेरै प्रजाहरु सहभागी हुन्छन र केही युवा छनौट हुन्छन । छनौट हुनेमा त्यहाँको युवा हर्कमान पनि पर्छन । घर घरमा पानी पुर्याने काम पायेका युवाहरु गाउँ भरिका मान्छेहरुलाई निकै परको नदिबाट पानी बोकेर घर घरमा पुर्याउने काम गर्न थाल्छन् । हर्कमान पानी पुर्याउने क्रममा गाउँको मुखियाको घरमा पुग्छन् र मुखियाको राम्री छोरी रूपवती सङ्ग नजर संगै मन साट्छिन । रूपवती सङ्ग हर्कमानको टुसायेको प्रेम झान्ङ्गिन नपाई गाउँमा बिसादि हावाको रुपमा फैलन्छ । मुखियाको इशारामा हर्कामानलाई मरणासन्न पारेर उनका केटाहरूले नदि किनारमा फालिदिन्छन । 

प्रेम पिडामा बद्लियेको हर्कामानको जीवन सबैतिरबाट अन्धकारमय हुन्छ तर एकदिन अचानक हर्कमान बाटोमा एकसिक्का भेट्छ र सिक्का पुरानो दरवारको एउटा किल्लामा लुकाएर घर फरकन्छ त्यही एकसिक्का त्यो सिक्काको महत्व थाहा पाउछ र सिक्कालिन राज्यले निशेध आज्ञा लगायेको बेला राजाले चर्को घाममा कुदिरहेको हर्कमानलाई देख्छ । सैनिकलाई पठायेर दरवारमा बोलाउन पठाउछ । राजाले यस्तो घाममा किन हिडेको भन्छ । हर्कामान सिक्का भन्न आनाकानि गर्छ राजाले कुरो खुस्काई छाड्छ । राजाले त्यो सिक्का भुल बरु राज्यको मोहर लियेर जाउ भन्छ । हर्कामान त्यही सिक्काको जिद गर्छ । राजाको घमण्ड र हर्कमानको जिद्दी आखिर राजाले आधा राज्य दिन्छ भनी हर्कमानको जिदलाई जिति छाड्छ । एक सिक्काको कारण हर्कामान नयाँ मुलुकको नयाँ राजा घोषणा हुन्छ । 

नाटक एक सिक्काले हर्कमानको जिवनमा बद्लियेको भाग्यको कथा हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७