ताप्लेजुङ - पाथीभरामा केवलकार निर्माणका लागि म्याद थप भएको छ । फुङलिङ नगरपालिकाले कार्यविधि संशोधन गरेर म्याद थप गरेको हो ।
असार २९ गतेको कार्यपालिका बैठकले केवलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाले निर्णय गरेको भोलिपल्ट असार ३० गते पाथीभरा माता केवलकार कम्पनीको म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार २०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना थिएन । चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख थियो । यो अवधिमा संरचना निर्माण नै सुरु नभएकाले कार्यविधिमा थप व्यवस्था गर्नुपरेको न्यौपानेले बताए । संशोधित कार्यविधिमा नगरपालिकालाई हरेक वर्ष १ लाख ५० हजार रुपैयाँ राजस्व बुझाउनु पर्ने उल्लेख छ ।
कम्पनीले तीन वर्षका लागि एकै पटक ४ लाख ५० हजार रुपैयाँ राजस्व बुझाएकाले थप तीन वर्ष म्याद दिइएको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए । निर्वाचित भएपछि कार्यविधि बनाएर पहिलो पटक अनुमति दिएका तत्कालीन नगरप्रमुख छत्रपति प्याकुरेल समयमा काम नभएको भन्दै असन्तुष्ट बनेका थिए ।
उनले नवीकरण नगर्ने घोषणा पनि गरेका थिए । पहिलो पटक अनुमति लिँदा कम्पनीले १२ लाख रुपैयाँ राजस्व तिरेको थियो । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट अमिर मादेन निर्वाचित भएपछि कार्यविधि संशोधन गरेका हुन् । प्रवक्ता न्यौपानेका अनुसार कार्यपालिकाले निर्णय गरेकै दिन नगर प्रमुख मादेनले प्रमाणित गरेका थिए ।
३० गते राजपत्रमा प्रकाशित भएको र त्यही दिन राजस्व बुझाएपछि आफूले नवीकरण गरेको रिमालले बताए । ३ अर्ब रुपैयाँको लागतमा हुने निर्माणको मुक्कुमलुङ संघर्ष समितिलगायतका कतिपय संघसंस्थाले विरोध गरिरहेका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।