मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन : प्रचण्ड

१ बर्ष अगाडि

काठमाडौं - सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएका छन् । 

भारत जाँदै गर्दा उत्साहका साथ जाँदैछु भनी सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्डले भारत पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट हुने बताएका थिए । 

तर, उनी भारतीय प्रधानमन्त्री मोदीसँग भेट नगरी स्वदेश फर्किए । आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि त्यहीँबाट स्वदेश फर्किए । 

उत्साहका साथ भारत भ्रमणमा गएका प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न पाएनन् । भेट नपाएको किन रु भन्ने आफैलाई थाहा नभएको र भेट नभएकोमा कुनै गूनासो नरहेको भन्दै उनले खिन्नता प्रकट गरे । 

प्रचण्डलाई त्रिभुवन विमानस्थलमा पत्रकारहरुले सोधे, ‘भारतीय प्रधानमन्त्रीसँग किन भेट भएन रु’ जवाफमा उनले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएको र फर्किएको बताए । 

भारतीय प्रधानमन्त्रीसँगै भेट नहुनुको कारण आफुलाई समेत जानकारी नभएको नभएको जवाफ फर्काए । ‘मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,’ प्रचण्डले भने ।


 
 

१ बर्ष अगाडि

प्रतिक्रिया