१२ अर्ब ८० करोड पारिश्रमिकसंगै टम क्रुज विश्वकै महंगो अभिनेता,दोस्रो र तेस्रोमा को ?

१ बर्ष अगाडि

काठमाडौं, हलिउड अभिनेता टम क्रुज विश्वकै महंगो अभिनेता बनेका छन् । विश्व बजारमा अहिले पनि प्रदर्शन भइरहेको फिल्म ‘टपगन : माभेरिक’बाट १०० मिलियन अमेरिकी डलर (१२ अर्ब ८० करोड रुपैयाँ) पारिश्रमिक लिएसँगै उनी विश्वकै महंगो अभिनेता बनेका हुन् ।

भेराइटी म्यागजिनले बिहीबार पारिश्रमिकको आधारमा हलिउडका २६ फिल्म कलाकारको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा रहेका क्रुजअभिनित ‘टपगन’को दोस्रो श्रृंखलाले अहिलेसम्म विश्व बक्स अफिसमा १.२ बिलियन डलर कमाइसकेको छ ।

सूचीको दोस्रो स्थानमा अभिनेता विल स्मिथ छन् । ‘इम्यानिसिपेसन’बाट उनले ३५ मिलियन डलर पारिश्रमिक लिएका थिए । ‘किलर्स अफ दी फ्लावर मुन’बाट लियोनार्दो डिकाप्रियोले ३० मिलियन डलर र चौथो स्थानमा रहेका ब्राड पिटले ‘फर्मुला वान ड्रामा’बाट ३० मिलियन डलर पारिश्रमिक लिएका छन् ।

आगामी तिहार छेकोमा प्रदर्शन हुन लागेको फिल्म ‘ब्ल्याक आडम’बाट डाउने रक जोन्सनले २२.५ मिलियन डलर पारिश्रमिक लिएका छन् । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया