काठमाडौं, गत वर्ष स्वप्न सुमनका साथ सफलतापूर्वक लञ्च गरिएको ‘विश्व संगीत दिवश क्याम्पेन’ लाई निरन्तरता दिँदै, अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरले यस वर्षको आफ्नो सांगीतिक अभियानलाई गतिमान् बनाउन कलाकारहरू समृद्धि राई र याबेश थापा (क्लास * प्रेजेन्टेसन) लाई अनुबन्ध गरेको छ ।
पृथक शैलीबाट फ्यानहरूलाई आफ्ना मन पर्ने कलाकारहरूको समिप ल्याउन भाइबर निरन्तर लागिपरेको छ र यो वर्ष विश्वव्यापी मेसेजिङ प्लेटफर्मबाट प्रयोगकर्ताहरूले आशा गर्न सक्ने धेरै रोमाञ्चक चीजहरू मध्ये यो एक मात्र हो, भाइबरले बताएको छ । राई र थापाका फ्यानहरूले थप रमाइलो र रोचक कुराकानीको अपेक्षा गर्न सक्छन् किनभने भाइबरले दुवै कलाकारका लोकप्रिय हिट गीतहरू सहितको अडियो स्टिकर प्याक, सांगीतिक कुराकानी लञ्च गर्दैछ ।भाइबरले दुई कलाकारहरूको नाममा विशेष च्यानल भने सार्वजानिक गरी सकेको छ ।
आफ्ना च्यानलका लागि रमाइलो गतिविधिहरू आयोजना गर्दै अगस्ट र सेप्टेम्बर महिनाभरका लागि राई र थापा पालैपालो च्यानलका एडमिन हुनेछन् । स्टिकर प्याक डाउन्लोड गरी फ्यानहरू भर्चूअल्ली गायकसंग नजिक हुन सक्नेछन् । जसपश्चात, उनीहरू स्वत च्यानल जोइन हने छन् र दुबै कलाकारहरूको गतिविधि, विशेष कण्टेण्टहरूको बारेमा दैनिक अपडेट पाउनेछन् र मिनि गेम, सवाल र जवाफ, र क्वीजहरुमार्फत् उनीहरूसँग सिधै अन्तरक्रिया गर्ने दूर्लभ अवसर पनि पाउनेछन् । मिनी इभेण्टका भाग्यशाली विजेताहरूले दुई कलाकारको हस्ताक्षरित विशेष पुरस्कारहरू प्राप्त गर्नेछन् ।
यसका साथै यदि त्यो पनि प्रयोगकर्ताहरूलाई उत्साहित बनाउन पर्याप्त नभएमा, आगामी दिनहरूमा भाइबरले दुई कलाकारको गीतहरू फिचर गरी अन्तरक्रियात्मक म्यूजिकल लेन्सहरू पनि लञ्च गर्ने घोषणा गरेको छ । एपमा अब प्रयोगकर्ताहरूले अझ परिष्कृत गरिएको एक्सप्रेसिभ मोड र नयाँ म्यूजिक थिम भएको फिचरहरूको मज्जा लिन सक्नेछन् ।
भाइबरसँग सहकार्य गर्न पाएकोमा दुबै कलाकार उत्साहित भएका छन् । “भाइबरसँग काम गरेको यो मेरो पहिलो अनुभव हो । कम्यूनिकेशनमा विश्वकै अग्रणी एपसँग सहकार्य गर्न पाएकोमा म निकै उत्साहित तथा हर्षित छु । भाइबर अडियो प्याक तयार गर्न निकै रमाइलो अनुभब भइरहेको छ र मलाई आशा छ कि मेरा गीतहरू समावेशित यी स्टिकरहरूले यहाँहरूको साथीभाइ र परिवारसँगको सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन मद्दत गर्नेछन् ” राईले बताइन् ।
प्रोजेक्टको बारे सोध्दा, थापा उत्साहका साथ बताउँछन्, “भाइबरसँग सहकार्य गर्न आफैमा एक अद्भुत अनुभव बनेको छ, र ठूलो सङ्ख्याको श्रोताहरूसँग एकैसाथ जोडिन यो मेरो लागि ठूलो अवसर बनेको छ । फ्यानहरूसँग लाइभमार्फत् जोडिन म निकै उत्साहित छु । र मेरो अडियो प्याक र लेन्सहरूले प्रयोगकर्ताहरूलाई उनीहरूका भावना अभिव्यक्त गर्न र उनीहरूका कुराकानीमा रामाइलो थप्दै अझ जीवन्त बनाउन मद्दत गर्नेछ भन्नेमा म पूर्ण रूपमा आशावादी छु । यस अवसरका निम्ति राकुटेन भाइबरप्रति म आभारी छु ।”
एसिया पेसेफिकका लागि सिनियर डाइरेक्टर, डेभिड त्से, म्यूजिक क्याम्पेनका लागि आफ्नो विचार यसरी बताउँछन्, “दैनिक रूपमा उकालोलाग्दो नेपाली भाइबर प्रयोगकर्ताहरूको सङ्ख्याले नेपालाई हाम्रो लागि प्रचुर सम्भावना बोकेको बजार बनाएको छ । विगतमा पनि हाम्रो स्थानिकृत फिचरहरू र अभियानलाई लिएर नेपालमा हामीले ठूला सफलताहरू हात पारेका छौँ । नेपालीहरूको जन(जीवनमा उत्साह र उमङ्ग थप्ने कामहरू गर्नु पाउँदा हामीलाई धेरै नै आत्मसन्तुष्टी मिल्ने गरेको छ । तसर्थ, नेपालमा केन्द्रित काम गर्न हामीलाई निकै उर्जा र हौसला मिल्छ । ‘सांगीतिक कुराकानी’ अडियो प्याक पनि विशेषगरी नेपाली प्रयोगकर्ताहरूकै लागि ल्याउन लागिएको लागेको म्यूजिकल क्याम्पेन हो । र यसले पनि नेपाली प्रयोगकर्ताहरूको कुराकानीमा एक विशेष उत्साह थप्दै अभिव्यक्तिको मोडलाई नयाँ उचाई दिन्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।”
जुलाई २५ ,२०२२ मा सार्वजनिक गर्ने अपेक्षा गरिएको सांगीतिक कुराकानी अडियो स्टिकर प्याकको साथ अब फ्यानहरूले भाइबर च्यानल जोइन गर्न सक्नेछन् । र अन्तरक्रियात्मक सांगीतिक लेन्सहरू भने यसै वर्षको सेप्टेम्बर मसान्ततिर लञ्च गरिने अपेक्षा गरिएको छ ।
राकुटेन भाइबरको बारेमाः
राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान टु वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, राकुटेन ग्रुप, आइएनसीको एक हिस्सा हो, ई कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।