काठमाडौं - ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १०ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरुको विस्तृत दायराका साथ औधोगिक बेन्चमार्कहरु पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरु स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ। क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारका साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ।’
यसमा रहेको १३ एमपी मेन क्यामेरा र २एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रुपमा रेकर्ड गर्न मद्दत गर्दछ । रेड्मी १०ए मा पावर अपका लागि MediaTek Helio G25 प्रोसेसर जडित छ । जुन २.०जीएचजेडसम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो। यसमा लामो समयसम्म चल्ने ५,०००एमएएच ब्याट्री जडित छ ।
जसले तपाइँलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन १०डब्ल्यूको चार्जिङ अडाप्टरका साथ उपलब्ध छ । रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगहरुमा उपलब्द छ । यो फोन २जीबीं३२जीबी र ३जीबीं६४जीबी स्टोरेज भेरियन्टमा आउँदछ। जसको मूल्य क्रमशः रु। १३ हजार ९९९ र रु. १५ हजार ९९९ रहेको छ ।
रेड्मी १०ए १३ साउनदेखि देशभरका सबै अधिकृत मी स्टोरहरुमा उपलब्ध छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।