सुदूरपश्चिम : शून्यमा झरेको कोरोना सङ्क्रमणदर बढ्दै, सक्रिय सङ्क्रमित कति ?

१ बर्ष अगाडि

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो । 

हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् ।  जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

कुनै बेला शून्यमा झरेको कोरोना सङ्क्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । सीमा जोडिएको प्रदेश भएकाले भारतमा सङ्क्रमणदर बढ्दै गएकाले त्यसको प्रभाव सुदूरपश्चिममा पनि देखिन थालेको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार दुई सय १२ को कोरोना परीक्षण गरिएकोमा ५९ हजार आठ सय ६७ मा सङ्क्रमण पुष्टि भइसकेको छ ।  सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३३ को ज्यान गइसकेको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया