४३८ मा कोरोना पुष्टि हुँदा दुईको मृत्यु, भेन्टिलेटरमा कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ जनामा गरिएको परीक्षणमध्ये ४३८ मा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ रहेको छ । विगत २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ९६६ जनाको संक्रमणबाट निधन भइसकेको छ । काठमाडौँ जिल्लामा पाँच सयभन्दा बढी तथा मोरङ र ललितपुरमा दुई सयभन्दा बढी संक्रमित रहेका छन् ।

यस्तै, मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन् । हाल होम आइसोलेसनमा ४ हजार २१८, संस्थागत आइसोलेसनमा १५१ र सघन उपचारकक्ष (आइसीयू)मा ३३ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । 

यसैगरी, विगत २४ घण्टामा ५८ हजार ५५९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया