पाथीभरामा लिफ्टिङ प्रविधिबाट असोज सम्ममा पानी पुग्ने

१ बर्ष अगाडि

काठमाडौं - पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म लिफ्टिङ प्रविधिमा पानी पुर्‍याउने काम अन्तिम चरणमा पुगेको हो । 

सबैभन्दा बढी तीर्थयात्री आउने असोज र कात्तिकमा राहत हुने गरी पानी पुर्‍याउने प्रयास भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विद्युत्को केन्द्रीय प्रसारण लाइन जडान भइरहेको र त्यसपछि परीक्षण गरिने समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् ।

‘इन्जिनियर नन्द ओझाका अनुसार मटरपम्प जोड्नेलगायतका पूर्वाधारका काम सकिँंदै गएको छ । मुहान भएको ठाउँ काफ्लेपाटीमा प्रमुख (इन्टेक) ट्यांकी निर्माण भएको छ । यहाँदेखि माथि बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी अन्य छ ट्यांकी निर्माण भएको छ । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटरका दरले पानी मन्दिरमा झार्ने योजना रहेको इञ्जिनियर ओझाले बताए ।

३ हजार ७ सय ९४ मिटर उचाइस्थित पाथीभरामा पानीको चरम अभाव छ । यो अभाव पूर्तीका लागि यहाँ आकाशे पानी ट्यांकीमा संकलन गर्ने, हिउँदमा जमेको हिउँ पगाल्ने, कुहिरोको पानी संकलन गर्ने जस्ता प्रयासहरू भएका थिए । सबैभन्दा बढी तीर्थयात्रीलाई माथिल्लो फेदीबाट पानी बोकेर जान अनुरोध गरिँंदै आएको छ । अढाई किलोमिटर पानी बोकेर जानुपर्ने हुन्छ । पाथीभरा देवी मन्दीर संरक्षण तथा सम्वर्द्धन समितिका सचिव लक्ष्मी काफ्लेका अनुसार दुई दशकअघिसम्म दर्शनार्थीले काफ्लेपाटीबाट पानी बोकेर लैजानु पर्थ्यो ।

पाथीभरामा असोजरकात्तिक र फागुनदेखि वैशाखसम्म दैनिक १७ हजारसम्म तिर्थयात्री आउँछन् । समितिको तथ्यांकअनुसार वार्षिक ३ लाख भक्तजन आउँछन । सदरमुकाम फुङलिङवाट सुकेटार हुँदै काफ्लेपाटीसम्म गाडीमा जान सकिन्छ । 

काफ्लेपाटीबाट मन्दिरसम्म ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । अधिकांस तीर्थयात्री हरेक बेलुका माथिल्लो फेदीमा पुग्ने र भोलिपल्ट बिहान दर्शनका लागि जान्छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया