साफ यू-२० : नेपालले आज घरेलु टिम भारतसँग खेल्ने

१ बर्ष अगाडि

काठमाडौं - साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ । नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो । 

नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू हुनेछ । नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन ।

प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको नेपाली टिमका लागि कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले दुईदुई गोल गरेका छन् । कप्तान आयुष घलान, दिपेश गुरुङ र सुगम सुवालले एक(एक गोल गरेका छन् ।

प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ । भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ । लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ ।

भारतले आफ्नो दोस्रो खेलमा श्रीलंकामाथि ४-० को जित निकालेको थियो । समूहका शीर्ष दुई टिम फाइनलमा पुग्ने व्यवस्थाअनुसार भारतको फाइनल यात्रामा आजको खेल महत्वपूर्ण छ । 

भारतसँग आइतबार खेलेपछि नेपालले आफ्नो अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया