१ः०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न हिमाल दोलखा हाइड्रोले बोलायो साधारण सभा, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको साउन १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा एकैपटक भदौ ३ गते आयोजना गर्ने निर्णय गरेको हो । 

सभा काठमाडौंको नक्सालस्थित लिसारा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले हाल कायम चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । 

हकप्रद जारीपछि चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । सोही सभाले संस्थापक सेयरधनीहरूका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट २ जना गरी ५ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । 


 
 

१ बर्ष अगाडि

प्रतिक्रिया