टेलिकमको टावर जडान तथा राख्न मिल्ने गरी सरकारी भवन निमार्णमा गर्न निर्देशन

१ बर्ष अगाडि

काठमाडौं - संसदको विकास तथा प्रविधि समितिले नेपालमा टेलिकमका टावर जडान तथा राख्न मिल्ने गरी सरकारी भवन निमार्णमा सहजिकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सञ्चार मन्त्रालय, टेलिकम र नेपाल दुरसञ्चार प्राधिकरण बीच भएको छलफलमा सरकारी भवनमा टावर राख्ने गरी प्रक्रिया अघि बढाउन समितिले निर्देशन दिएको हो ।

बैठकमा निजी घरहरुमा टावर राख्न समस्या भएको भन्दै नेपाल टेलिकम तथा नियामक दूरसञ्चार प्राधिकरणले सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

सिंहदरबारमा बसेको समितिको बैठकले सरकारी भवनहरुमा टावर जडान गर्न सकिने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

यस अघिपनि टेलिकम सेवाप्रदायक कम्पनीहरुले सरकारी भवनमा टावर राख्न मिल्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने बिषय उठाउदै आएका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया