शाकिराविरूद्ध १८८ करोड कर छलीको आरोप, प्रमाणित भए ८ वर्ष जेल सजाय

१ बर्ष अगाडि

एजेन्सी - कोलम्बियन गायिका शाकिराविरूद्ध कर छलीको आरोप लागेको छ ।

बिबिसीका अनुसार उनले २०१२ देखि २०१४ सम्म आयकर बुझाएकी छैनन् । उक्त आरोप प्रमाणित भयो भने उनलाई ८ वर्ष जेल सजाय हुने बताइएको छ ।

स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड (नेपाली रुपैयाँ) बराबरको कर छली गरेको आरोपमा उनीमाथि ८ वर्षको जेल सजाय माग गरेका छन्। उनीविरूद्ध स्पेन सरकारलाई धोका दिएको आरोप छ ।

शाकिराको पिआर अफिसरका अनुसार उनीविरूद्ध लागेको आरोप गतल हो । यस्ता मुद्दालाई शाकिरा अधिकारको उल्लंघन मान्छिन् ।

४५ वर्षिय गायिका शाकिराले उक्त अवधिमा स्पेनमा नबसेको दाबी गरेकी छन् । उनले २०१२ मा बार्सिलोनामा एक घर किनेकी थिइन् जहाँ उनी पूर्वपति जेराई पिकसँग बस्दै आएकी थिइन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया