नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ। जसअन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्नेछ।
यस योजनाअन्तर्गत ग्राहकले टीभीएस मोटरसाइकल र स्कुटर २०% डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमशः जुपिटरमा रु. ३ हजार ९०८, एनटर्क स्क्वाड इडिसनमा रु. ५ हजार २५४ र अपाचे आरटीआर २००४भीमा रु. ६ हजार ८२२ खरिद गर्न सक्नेछन् । त्यसैगरी अपाचे आरटीआर २००४भीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकनका गराउने टीभीएसले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले झन्झटमुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
यस योजनाको सन्दर्भमा बोल्दै टीभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने, ‘हामी यो फाइनान्स योजनाले हाम्रा ग्राहकलाई टीभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौँ कि यो फाइनान्स योजनाले ग्राहकलाई नयाँ टीभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौँ।’
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। नेपालमा १३७ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेसनहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिका कारणले आज टीभीएस नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।