प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता

१ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दूई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो । सम्झौता अनुसार प्रभु बैंकका अहिलेका सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन् । संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने छन ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पुस मशान्तसम्म मर्जरको एकिकृत कारोबार गर्ने बैैंक तथा वित्तीय संस्थाले मात्रै छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ । यसै कारण यी दुई बैंकले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया