विश्वकपका लागि कतारले नेपालबाट कामदार ल्याइजाने

साउन १६, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं - फिफा विश्वकप २०२२ का लागि कतारले नेपालबाट कामदार ल्याइजाने भएको छ ।

नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरिसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न इच्छुक रोजगारदाता कम्पनीहरूलाई दूतावासको श्रम शाखामा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छोटो अवधिका लागि कतार जाने कामदारहरूलाई श्रम स्वीकृति प्रदान गरेरै पठाउने तयारी थालेको छ ।

कतारका रोजगारदाताले विश्वकपका लागि नेपाली श्रमिक ल्याउन चाहेको जानकारी गराएपछि दूतावासले श्रम मन्त्रालयलाई पत्र लेखेको थियो।

आगामी २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने विश्वकपका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७