दिव्यश्वरी हाइड्रोलाई १ करोड ७३ लाख घाटा, विद्युत बिक्रीबाट ८ करोड ९९ लाख आम्दानी

१ बर्ष अगाडि

काठमाडौं - दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । 

समीक्षा अवधिमा विद्युत बिक्रीबाट कम्पनीले ८ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड १ लाख रुपैयाँ थियो । विद्युती बिक्रीको आम्दानी २८.२३ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष अन्य स्रोतबाट हुने आम्दानी १ करोड ४ लाख रुपैयाँ भएकोमा समीक्षा अवधिमा घटेर ७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ । चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २२ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष रिजर्भ २० करोड ५३ लाख रुपैयाँले ऋणात्मक थियो । 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६.५८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १५.६१ रुपैयाँ रहेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया