“गोल्डेन ओक कमेडी यात्रा”हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा

१ बर्ष अगाडि

नेपालकै प्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा “गोल्डेन ओक कमेडी यात्रा” । गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्ने छन् । 

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही श्रावण २० गते, दमकमा श्रावण २१ गते, इटहरीमा श्रावण २२ गते, विराटनगरमा श्रावण २३ गते र धरानमा श्रावण २४ गते पूरै उत्साहका साथ आयोजित हुनेछ, जसमा दर्शकहरुको अभूतपूर्व जमघट हुने अपेक्षा गरिएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया