७९ हजार तलब सहित कुबेतमा नेपाली महिला/ पुरुष कामदारको माग, सुविधा के के ?

१ बर्ष अगाडि

काठमाडौं- कुबेतले नेपाली कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको Petra Food Manufacturing Co.कम्पनीले विभिन्न पदका लागि ८ जना पुरुष र ११ महिला गरी  १८ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब खन बस्नसहित ५३ हजार माथिदेखि ७९ हजार बढि पाउनेछन् । इच्छुक कामदारले Fusion International Pvt, Ltd. कार्यालय नयाँ बानेश्वर काठमाडौंमा साउन २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमामा कर्मचारी आफैँले गनुपर्ने छ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया