हिमाल दोलखा हाइड्रोको बुक क्लोजको मिति परिवर्तन, कहिले ?

१ बर्ष अगाडि

काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति परिवर्तन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै भदौ ३ गते हुने वार्षिक साधारण सभाको लागि यसअघि भनेको बुक क्लोज समय त्रृटिका कारण साउन १९ गते हुन गएकाले अब साउन २६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको जनाएको छ । 

त्यसकारण अब साउन २५ गतेसम्म नेप्सेमा कारोबार भए कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । नेप्सेले कम्पनीलाई समयमा साधारण सभा र बुक क्लोजको मिति उपलब्ध नगराएको भन्दै स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो । 

त्यपछि कम्पनीले नेप्सेलाई कारण देखाई अब यस्तो गल्ती नगर्ने भन्दै माफ मागेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो । 


 

१ बर्ष अगाडि

प्रतिक्रिया