तत्काल इन्धनको मूल्य घटाउदैनौ : आयल निगम

साउन १८, २०७९ | आजको अर्थ
ajaako_artha

काठमाडौं- नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको बताएको छ । भारतबाट तेलको मूल्य घटेर आएपनि घाटा कायम नै रहेकाले नेपालमा तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको निगमले बताएको हो ।

भारतबाट तेलको मूल्य दुई पटक घटेर आएपनि निगमले नघटाएपछि संसददेखि सडकसम्म विरोध भइरहेको छ ।

निगमले बुधबार एक बिज्ञप्ती जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने बताएको हो ।

विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

आइओसीले गत सोमबार पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर नयाँ मुल्य सूची पठाएको थियो ।

खासगरी भारतबाट दुई पटक मूल्य घटेर आएपछि निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानीमा छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१२६.१८१२६.७८
EUR (EUROPEAN EURO)१३१.९०१३२.५२
GBP (UK POUND STERLING)१५२.१०१५२.८३
CHF (SWISS FRANC)१३१.३६१३१.९८
AUD (AUSTRALIAN DOLLAR)८५.७६८६.१७
CAD (CANADIAN DOLLAR)९७.६८९८.१४
SGD (SINGAPORE DOLLAR)९०.४७९०.९०
JPY (JAPANESE YEN)१०९.३२९.३७
CNY (CHINESE YUAN)१८.८३१८.९२
SAR (SAUDI ARABIAN RIYAL)३३.६३३३.७९
QAR (QATARI RIYAL)३४.४६३४.६२
THB (THAI BAHT)३.५४३.५६
AED (UAE DIRHAM)३४.३५३४.५२
MYR (MALAYSIAN RINGGIT)२८.६३२८.७७
KRW (SOUTH KOREAN WON)१००९.७३९.७८
SEK (SWEDISH KRONER)१२.२५१२.३१
DKK (DANISH KRONER)१७.७३१७.८२
HKD (HONG KONG DOLLAR)१६.०८१६.१६
KWD (KUWAITY DINAR)४११.११४१३.०७
BHD (BAHRAIN DINAR)३३४.६८३३६.२७