पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने भएका छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको हो ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधामा थप सहुलियत पाउने व्यवस्था गरेको हो । बैंकहरु तोकिएको समय अवधि भित्र एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा काठमाडौं उपत्यका बाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी मर्जर भई एकीकृत कारोबार गरेका बैंकहरुले काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पछि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने भएको छ ।

साथै एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तरपुनः नियुक्त हुन पनि केन्द्रीय बैंकले छुट दिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया