बुक बिल्डिङ्ग प्रणालीलाई सेफ ल्याडिङ्ग गराउछौंःबोर्डका अध्यक्ष हमाल

१ बर्ष अगाडि

काठमाडौं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङ्ग प्रणालीलाई सेफ ल्याडिङ्ग गराउने बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको पूँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा हमालले उक्त कुरा बताएका हुन् । 

'बुक बिल्डिङ्ग प्रणालीलाई स्वच्छ र निष्पक्ष रुपमा अगाडि बढाउछौं । नभए दुर्घटनामा पर्न सक्छ,' उनले भने, 'बुक बिल्डिङ्ग प्रणालीलाई सेफ ल्याडिङ्ग गराउनु पर्छ ।'

यस्तै उनले अडिट नगरी लिस्टिङ्ग भएका कम्पनीहरुलाई अलग्गै वर्गिकरण गरेर राख्ने पनि जानकारी गराए ।

बोर्डको सुझाव अनुसार सकारले पूँजी बजारको लागि बजेट ल्याएको जानकारी गराउदै उनले बोर्डको उद्देश्य प्राप्ति गर्न लागि पर्ने प्रतिवद्धता जनाए । 

१ बर्ष अगाडि

प्रतिक्रिया