हिमालयन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा

१ बर्ष अगाडि

काठमाडौं, हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन कम्पनीको एक करोड ९ लाख ५० हजार कित्ता सेयरनेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ७६ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय २८ रूपैयाँ ९९ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । त्यस्तै, कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (HHL)​ सिम्बोल प्राप्त गरेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८३ हजार ४७ जनाले सेयर हात पारेका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया