एनसीसी बैंकको सवा २६ लाख कित्ता लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

१ बर्ष अगाडि

काठमाडौं - एनसीसी बैंकको सवा २६ लाख कित्ता बढी लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले गत साउन १५ गतेबाट २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । यो सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । 

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३१ रुपैयाँ तोकिएको छ । 

बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्छ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १ हजारले गुणन वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया