लकडाउन घोषणा सँगै चीनको सान्यामा फसे करिब ८० हजार पर्यटक

१ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन् । 

सिएनएनका अनुसार पछिल्लो समय सो टापू र सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा गरेको छ । जसका कारण त्यहाँ घुम्न पुगेका संसारभरका ८० हजार पर्यटक अलपत्र परेका हुन् । 

यो क्षेत्रमा सार्वजनिक यातायात एकाएक बन्द गरिएको छ । यस्तै शहर भित्र मानिसहरूको आवागमनमा शनिबार बिहानैदेखि पूर्ण प्रतिबन्ध लागेको छ । अलपत्र परी यहाँ फसेका पर्यटकहरूले अब सात दिन बस्नुपर्छ र शहर छाड्नुअघि कोभिड १९ का ५ वटा परीक्षणहरु पार गर्नुपर्नेछ । 

सो शहरका उपमेयर हे शिगाङले शुक्रबार करिब ८० हजार पर्यटक सहरमा फसेका बताए । हाल सान्यामा रहेका सबै र जुलाई २३ देखि सहर आएका मानिसहरूलाई शनिबार स्थानीय समयअनुसार बेलुका ६ बजेपछि होनान प्रान्तबाट बाहिर निस्कन अनुमति नदिइएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया