ग्लोबल आइएमई बैंकका ग्राहक र कर्मचारीहरुले माया मेट्रो अस्पताल छुट पाउने

१ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरिसकेको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको यस बैंकको २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्र तथा ३० लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया