भदौ पहिलो हप्ता गर्ने भनिएको साउदीस्थित नेपाली दूतावासको वृहत अन्तरक्रिया कार्यक्रम स्थगित

१ बर्ष अगाडि

काठमाडौं - साउदी अरबस्थित नेपाली दूतावासले आगामी भदौ पहिलो हप्ता गर्ने गरी तय गरेकोे वृहत अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ । विभिन्न कारणले उक्त मुलुकमा कार्यरत नेपाली कामदारको समस्या गहिरिएको भन्दै सुधारका लागि रियादस्थित नेपाली दूतावासले आगामी भदौ ३ गते दूतावासमा वृहत अन्तरक्रिया आयोजना गर्ने तय गरेको थियो ।

दूतावासले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मुख्य नेतृत्व र उक्त मुलुकमा वार्षिक तीन सय बढी कामदार पठाएका म्यानपावर कम्पनीका सञ्चालकलाई अन्तरक्रियामा भाग लिनका लागि पठाउन पत्र पठाएको थियो ।

हाल करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको उक्त मुलुकमा साउदी श्रम कानून, रोजगारदाताको असहिष्णु व्यवहार, नेपाली कामदारको अराजक तथा अज्ञानी व्यवहार र केही म्यानपावर कम्पनीको गैरजिम्मेवार प्रवृत्तिले नेपाली कामदार शोषणमा परेको नेपाली दूतावासले बताएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया