एकैदिन बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ बाहिरियो

१ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ । गत साउन २३ गतेसम्म कुल निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

यो एक दिनमा वाणिज्य बैंकहरुको १० अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत साउन २३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३८ अर्ब रुपैयाँ रहेकोमा साउन २४ गते घटेर ४४ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । 

साउन २३ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ९२ अर्ब रहेकोमा साउन २४ गते २ अर्बले बढेर ४६ खर्ब ९४ अर्ब रुपैयाँ पुुगेको छ । 

निक्षेप घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर साउन २४ मा ८८.०५ प्रतिशत पुगेको छ। गत साउन २३ गते औसत सीडी रेसियो ८७.८६ प्रतिशत थियो । 

साउन २४ मा अन्तरबैंक ब्याजदर स्थिर रहेर ८.५० प्रतिशत नै कायम भएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया